नियम ७
करको भुक्तानी
नियम ६ बमोजिम कुनै व्यक्तिको घर जग्गा वा विदेशी लगानीमा लाग्ने सम्पत्ति करको अङ्क निर्धारण गरिसकेपछि सम्पत्ति कर अधिकृतले निजकमा नेपाल राष्ट्र बैंक भए सो बैंकको र नभए माल अड्डामा सो निर्धारित अङ्क दाखिल गर्नु भनी चलानीका साथमा सो व्यक्तिलाई कर निर्धारण आदेश दिनुपर्छ र त्यसको लिखित सूचना सो बैंक वा मालअड्डालाई पनि दिनुपर्छ । आदेश बमोजिम करको रकम दाखिल भएपछि बैंक वा मालअड्डाले त्यसको एकप्रति रसीद सम्पत्ति कर अधिकृत कहाँ पठाइदिनुपर्छ । म्यादभित्र सम्पत्ति करको रकम दाखिल नभएमा सम्पत्ति कर अधिकृतले ऐन बमोजिम सम्बन्धित सम्पत्ति धनीबाट जायदाद गरी असूल उपर गर्न सम्बन्धित मालअड्डालाई सूचना पठाउनु पर्छ ।